सातामा यस्तो रह्यो सुनचाँदीको मूल्य

काठमाडौं । यो साता सुन बजारमा सामान्य उतार चढाव आएको छ । सातामा सुनको प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार ८९ हजार १ सय रूपैयाँमा कारोबार भएको प्रतितोला सुन शुक्रबार ८८ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार, सुन प्रतितोला ८८ हजार ९ सय रूपैयाँ कायम भएकोमा मंगलबार ३ सय रूपैयाँले बढेर ८९ हजार २ सय रूपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला सुनको मूल्य ९ सय रूपैयाँले बढेर ९० हजार १ सय रूपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला सुन ८९ हजार ६ सय रूपैयाँमा कारोबार भएको छ । शुत्रबार सुनको मूल्य ६ सय रूपैयाँले घटेर ८९ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायीमहासंघले बताएको छ ।

आइतबार चाँदी प्रतितोला ११ सय ५० रूपैयाँ कायम भएकोमा आज भने १५ रूपैयाँले घटेर ११ सय ३५ रूपैयाँ कायम भएको छ ।

सोमबार चाँदी प्रतितोला ११ सय ३५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ४० रूपैयाँ कायम भएको छ ।

मंगलबार चाँदी प्रतितोला ११ सय ४० रूपैयाँ कायम भएकोमा आज भने २५ रूपैयाँले बढेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।

बुधबार चाँदी प्रतितोला ११ सय ६५ रूपैयाँ कायम भएकोमा आज भने १० रूपैयाँले घटेर ११ सय ५५ रूपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला ११ सय ५५ रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले बढेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी प्रतितोला ११ सय ७० रूपैयाँ कायम भएकोमा आज भने २० रूपैयाँले घटेर ११ सय ५० रूपैयाँ कायम भएको छ ।

घरेलु बजारमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गरेको छ । यसका साथै अमेरिकी डलरको उतारचढावले पनि सुनचाँदीको मूल्यमा फरक पर्ने महासंघको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स