सरकारले तिर्यो ४० अर्ब रुपैयाँ आन्तरिक ऋणको ब्याजमात्रै

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि आधासम्म ३९ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ ब्याजमात्रै तिरेको छ । सरकारले तिरेको सो ब्याज आन्तरिक ऋणको मात्रै हो । फागुन महिनासम्म सरकारले ९८ अर्ब ४९ करोड १५ लाख रुपैयाँ आन्तरिक ऋण लिएकोमा ८५अर्ब रुपैयाँ सरकारले प्राप्त गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख भुमिराम शर्माले बताए ।

यो अवधिमा सरकारले ६२ अर्ब १७ करोड १८ लाख रुपैयाँ सावाँ भुक्तान गरेको छ । सरकारले सो सावाँ भुक्तान गरेपनि अझै १० खर्ब ७२ अर्ब ४४ करोड आन्तरिक ऋण पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स