काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ५ अर्ब ९६ करोड रेमिट्यान्स भित्रिएको छ । साउनमा पौन ७६ अर्ब रेमिट्यान्स भित्रिएपनि १८.१ प्रतिशतले घटेको छ । यस्तो आय अघिल्लो वर्षको सोही अवधिमा २३ प्रतिशतले बढेको थियो ।
गत आव २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको थियो । गत आवमा नौ खर्ब ६१ अर्ब ५ करोड रुपियाँले रेमिटेन्य नेपाल भित्रिएको थियो
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले कमी आएर ६३ करोड ८२ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएर १३ हजार ८०० पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २८६.१ प्रतिशतले वृद्धि भएर ११ हजार ६२८ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८०.० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १६.४ प्रतिशतले कमी आएर ८५ अर्ब २१ करोड रुपियाँ कायम भएको पनि राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० प्रतिशतले बढेको थियो ।