१ वर्षमा ३ खर्बले बढेर २० खर्ब नाघ्यो देशको ऋणभार

प्रति व्यक्ति ऋणको भार ६८ हजार ९८५ रुपैयाँ

काठमाडौं । सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालु आवको यो अवधिमा २ खर्ब ८४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँले सार्वजनिक ऋण थपिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट अर्धवार्षिक समीक्षामा गत आर्थिक वर्ष २०७८÷७९ को वार्षिक तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले सो अंकमा बढेको हो ।

सो ऋणमध्ये १० खर्ब ४५ अर्ब ९३ करोड १९ लाख रुपैयाँ वैदेशिक ऋण हो भने ९ खर्ब ६७ अर्ब ९१ करोड ७३ लाख आन्तरिक ऋण हो । गत आवको पुस मसान्तसम्म नेपालको वैदेशिक ऋणभार ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रुपैयाँले भाग लगाउँदा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ६८ हजार ९८५ रुपैयाँ पर्न जान्छ । गत आवको यो अवधिमा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ५९ हजार २ सय २५ रुपैयाँ थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स