नेपाललाई युएसएआईडीको ७ अर्बभन्दा बढी सहयोग

काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) ले नेपाललाई ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग गर्ने गर्ने भएको छ । युएसएआईडीका प्रशासक सामन्था पावरले नेपाललाई सो सहयोग गर्ने घोषणा गरेकी हुन् । उक्ते रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने बताइएको छ ।

‘युएसएआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरू मजबुत पार्न सहयोग मिल्ने अपेक्षा युएसएआईडीले गरेको छ । ‘यो सहयोगले नेपालीहरूका लागि अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछ,’ पावरले भनिन्, ‘मानव बेचबिखनविरुद्ध लड्न पनि नेपाललाई सहयोग हुनेछ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स