४५० खर्ब भारतीय बजेटमा ३७.४० प्रतिशत पुँजीगत खर्च

काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२३/०२४ मा ४५० खर्बको संघीय बजेट ल्याउने भएको छ । भारत सरकारले आर्थिक वृद्धि बढाउने, व्यापार घाटा घटाउने उद्देश्यका साथ आर्थिक वर्ष २०२३/०२४ का लागि कुल ४५ ट्रिलियन भारु (४५० खर्ब भारु) बराबरको संघीय बजेट घोषणा गरेको छ ।

सो बजेटमध्ये १० लाख करोड कायम गर्ने लक्ष्य भारत सरकारले लिएको हो । भारत सरकारले कुल पुँजीगत खर्च ३७.४० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

आगामी वर्षमा कुल पुँजीगत खर्च १० लाख करोड कायम गर्ने लक्ष्य भारत सरकारले लिएको हो । चालु आव २०२२÷०२३ मा सरकारको ७.२८ लाख करोड खर्च गर्ने लक्ष्य थियो ।

सरकारले पुँजीगत खर्च वृद्धि गर्नका लागि सरकारले राज्य सरकारहरुलाई प्रदान गरिने आर्थिक सहायतालाई ३० प्रतिशतले वृद्धि गरी १.३० लाख करोड भारु पुर्याएको छ ।

अर्थमन्त्री निर्मला सितारमणले पेश गरेको बजेटमा आगामी आर्थिक वर्षमा देशको समग्र राजस्व १.२० प्रतिशतले वृद्धि गरेर ३५.०२ लाख करोड भारु पुर्याउने तथा अघिल्लो आर्थिक वर्षको तुलनामा ७.५० प्रतिशतले वृद्धि गरी ४५.०३ लाख करोड खर्च गर्ने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स