सुशील ज्ञवालीसहित योजना आयोगको सदस्यमा शाक्य र महत नियुक्त

काठमाडौं । सरकारले योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन जनालाई नियुक्ति दिएको हो।

नियुक्त हुनेहरुमा सुशील ज्ञावाली, अन्जना शाक्य र कुशेन्द्रबहादुर महत छन् । यसअघि सरकारले आयोग उपाध्यक्षमा डा. मिनबहादुर श्रेष्ठ र सदस्यमा डा.रामकुमार फुयाललाई जिम्मेवारी दिइसकेको छ।

ज्ञवाली राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत थिए। उनले भूकम्पबाट प्रभावित बस्तीहरूको पुनर्निर्माणको काम गरेका थिए। उनी नेकपा एमाले पार्टीको कोटामा परेका हुन्। यस्तै शाक्य इजरायलका लागि पूर्व राजदुत हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स