अर्थमन्त्रीले मनाए उद्यमी व्यवसायीलाई, पुस २७ सम्म रोकियो आन्दोलन

काठमाडौं । उद्यमी व्यवसायीले राखेका माग सम्बोधन गर्ने अर्थमन्त्रीले आश्वासन दिएपछि पुस २७ गतेसम्मका लागि आन्दोलन रोकिएको छ ।

विष्णु पौडेलले माग सम्बोधन गर्ने आश्वासनपछि उद्योगी व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री पौडेलसँग छलफल गरेपछि उनीहरूले आन्दोलन रोकेका हुन् ।

विगत ६ महिनादेखि व्यवसायीहरू ब्याजदर आन्दोलनमा उत्रिएका थिए । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले माग सम्बोधन हुने भन्दै तत्काललाई सो आन्दोलन गरेको हुन् । अर्थमन्त्री पौडेलले आन्दोलनरत देशभरका व्यवसायीसँग मन्त्रालयमा छलफल गरी पुस २७ गतेसम्म आन्दोलन रोक्न सहमति गराएका हुन् ।

आन्दोलनरत उद्योगी व्यवसायीसँगको छलफलमा अर्थमन्त्री पौडेलले सबै माग चाँडोभन्दा चाँडो सम्बोधन गर्ने आश्वासन दिएपछि उद्योगी व्यवसायीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

उद्योगी व्यवसायीको माग पुरा गर्ने सम्बोधन हुने आश्वासन मन्त्रीज्यूबाट आएपछि आन्दोलन स्थगत गरिएको नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले जानकारी दिइन् । उद्योगी व्यवसायीको माग पूरा गर्ने प्रतिबद्धतासँगै विभिन्न उद्योग वाणिज्य संघको अगुवाइमा हुँदै आएको आन्दोलनका कार्यक्रम स्थगित भएको बताइन् ।

उनी अर्थमन्त्री पौडेलसँग वार्ता गर्न उद्योगी व्यवसायीको नेतृत्व गरेकी थिइन् । उद्योगी व्यवसायीको आग्रहमै राणाले उक्त कार्यक्रमको नेतृत्व गरेकी थिइन् ।

माननीय अर्थमन्त्री पौडेलज्ययूले विज्ञ टोलीसँग छलफल गरेर हाम्रो समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिबद्धता भएको छ ।

अर्थमन्त्रीले विज्ञसँगको छलफलपछि उद्योगी व्यवसायीलाई समेत राखेर मात्रै निर्णय गर्ने प्रतिवद्धता अर्थमन्त्री पौडेलले गरेका छन् । चर्को ब्याजदर र चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन स्थगितको माग गर्दै विराटनगर, वीरगंज, भैरहवा र नेपालगंज, सुर्खेतका उद्योगी व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्रीको आश्वासनले व्यवसायीलाई राहत पुर्याएको बताए । ‘बुधबार भएको छलफलमा हामीले सबै समस्या बारे जानकारी दियौं’ उनले भने ‘चालु महिना भित्रै समस्या समाधान गर्ने प्रतिवद्धतापछि उद्योगी व्यवसायीको आन्दोलन पनि स्थगित गर्ने भनेका छौं ।’

व्यवसायी पछिल्लो समय बैंकको व्याजदर, राष्ट्रि बैंकको अव्यवहारीक नीति विरुद्ध उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला संघ तथा वस्तुगत संघहरूले लामो समयदेखि सडक आन्दोलनमा थिए ।

तर, नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्त भएपछि व्यवसायी सकारात्मक देखिएका छन । अर्थमन्त्रालयमा भएको छलफलमा गोल्छाले अर्थतन्त्र तथा व्यवसायीका समस्या बारे गभर्नर महाप्रसाद अधिकारीलाई समेत जानकारी दिएको बताए ।

उद्योगीको समस्या समाधान नगरी सरकार चलाउन समेत समस्या पर्ने भन्दै अर्थमन्त्री पौडेललाई गोल्छाले आफ्नो धारणा राखे ।

गोल्छाले थपे ‘हामीले उठाएको बिषयमा अर्थमन्त्री तथा गभर्नरज्यूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, पुसमहिना भित्र सबै समस्या समाधान गर्ने प्रतिवद्धता छ ।’

पौडेल अर्थमन्त्री भए लगतै उद्योगी व्यवसायीलाई बोलाएर समस्याका बिषयमा जानकारी लिएका थिए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ को उद्योगी व्यवसायी चर्को विरोधमा छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स