नेपालको इतिहासमा पहिलो पटक ‘बजेट होलिडे’, कस्तो पर्ला असर ?

काठमाडौं । भोलि बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । गत जेठ १५ गते सरकारले अध्यादेश मार्फत ल्याएको चालु आवको बजेट प्रमाणित नहुँदा भोलि बुधबारदेखि ‘बजेट होलिडे’ मा जाने भएको हो । नेपालको इतिहासमा बजेट होलिडे हुन लागेको यो पहिलो पटक हो ।

बजेट कार्यान्वयनको गएको २ महिना अर्थात ६० दिनभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्ने थियो । सो कारण सरकारले भोलिदेखि खर्च गर्न नपाउने भएको हो । यो समय सीमा भदौ ३० गतेको हो । विनियोजन विधेयक पास नहुँदा कर्मचारीले तलब पनि नपाउने भएका छन् ।

आज भदौ २९ गते बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक स्वीकृत नगरी असोज ४ गतेसम्मका लागि संसद स्थगित भएको छ अर्थात असोज ४ गतेमात्र संसद डाकिएको छ ।

प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको हो । अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसदमा पेश गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले यही भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गरेका थिए ।

तोकिएको समयभित्र बजेट पारित हुन नसक्दा बजेट स्वतःहोलिडेमा पर्ने भएको छ । त्यो भनेको सरकारले राजस्व उठाउन पाउँछ, तर बजेटमा समावेश भएका कुनै पनि शीर्षकमा खर्च गर्न भने पाउँदैन ।

यस्तो अवस्थामा सरकारले पेश्की विधेयक ल्याएर भने खर्च गर्न पाउने थियो । तर, यसमा सरकारले ध्यान पुर्याउन सकेको छैन । अर्थमन्त्रीलाई यस सम्बन्धमा त्यति ज्ञान नभएको र अर्थ सचिवसमेत त्यसतर्फ ध्यान जान नसक्दा राज्य कोषबाट खर्च गर्न नपाउने अवस्था आएको हो ।

अर्थमनत्री शर्माले पनि राज्यकोषबाट खर्च गर्न केही दिन रोकिन सक्ने स्वीकार गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले राज्यकोषबाट हुने खर्च केही दिन रोकिने बताएका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स