काठमाडौं । सरकारले एकै दिन २ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । कार्तिक २९ गतेसम्म ३ खर्ब ४६ अर्ब ८३ करोड ११ लाख रुपैयाँ खर्च गरेको सरकारले आज ३० गते खर्च बढेर ३ खर्ब ४९ अर्ब २२ करोड ९७ लाख पुगेको छ ।
सरकारले यसरी डब्बल खर्च गर्दै जाने र राजस्व संकलन भने सोहि अनुपातमा गर्न नसक्ने भएकाले यो वर्ष पनि सरकारलाई आफ्नो खर्च धान्न धौ धौ पर्ने देखिएको छ ।