१६ खर्ब ३२ अर्ब ८३ करोडको बजेटमा ५ खर्ब २२ अर्ब घाटामा

काठमाडौं । अथर्मन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट ल्याएका छन् । शर्माले आज शुक्रबार संसदमा पेश गरेको बजेटमा ५ खर्ब २२ अर्ब रुपैयाँ स्रोत नपुग हुने देखिएको हो । व्यवस्थापन गर्न नसक्ने देखिए पनि वैदेशिक ऋण र आन्तरिक ऋणबाट व्यहोर्ने गरी बजेट सो अंकको बजेट ल्याएको हो ।

सरकारले सो बजेटको स्रोत व्यवस्थापनको लागि १० खर्ब ५० अर्ब ८२ करोड राजस्वबाट जुटाउने भएको छ भने ५९ अर्ब ९२ करोड वैदेशिक अनुदानबाट व्यहोर्ने भएको छ । चालु, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फको नपुग खर्च व्यहोर्नको लागि २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक ऋणबाट र २ खर्ब ३९ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

अर्थमन्त्री शर्माले निवर्तमान अर्थमन्त्रीे विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै आज शुक्रबार प्रतिनिधिसभामा बजेट पेश गरेका हुन् । पौडेलले १६ खर्ब ४७ अर्बको बजेट ल्याएका थिए ।

अर्थमन्त्री शर्माले ल्याएको बजेटमा चालु खर्चतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ अर्थात ४१.५२ प्रतिशत विनियोजन गरेका छन् भने पुँजीगत खर्चतर्फ ३ खर्ब ७८ अर्ब १० करोड बजेट विनियोजन गरेका छन् ।

पुँजीगत खर्चतर्फ विनियोजन गरिएको बजेट कुल बजेटको २३.१६ प्रतिशत हो । त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६०) बजेट विनियोजन गरेको छ ।

बजेटको आकार घटाएपनि मन्त्री शर्माले आर्थिक वृद्धिको लक्ष्य भने बढाएका छन् । देउवा सरकारले चालु आव ७ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । पौडेलको अध्यादेश बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेकोे थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स