सरकारको बैठक भत्ता, इन्धन, मर्मत, तालिम, गोष्ठीको १०% खर्च कटौती, ५ अर्ब बचत हुने, उक्त रकम कोभिड खोप खरिदमा प्रयोग हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु खर्च कटौती गरेर कोभिड–१९ को खोप खरिद गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधसमामा बजेट विनियोजन विद्येयक प्रस्तुत गर्दै अर्थमन्त्रीले उक्त घोषणा गरेका हुन् ।

चालु खर्च तर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, शिप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धि कार्याक्रम, अनुगमन मूल्यांकन, भ्रमण तथा विविध कार्याक्रममा हुने आउने खर्चको न्युनत १० प्रतिशत कटौती गरिएको अर्थमन्त्रीले बताए ।

यसरी खर्च कटौती गर्दा करिब ५ अर्ब रुपैयाँ बचत हुने उनले बताए । उक्त रकम कोभिड–१९ को खोप किन्न प्रयोग गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स