डलरको मूल्य हालसम्म कै उच्च, कस्तो असर पर्ला नेपाली अर्थतन्त्रमा ?

काठमाण्डौ । नेपाली बजारमा मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । १ अमेरिकी डलर खरिद गर्नको लागि नेपालीले १३० रुपैयाँभन्दा बढी खर्चनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३०.९० रुपैयाँ र खरिददर १३०.३० रुपैयाँ पुगेको हो । जुन मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यसअघि गत आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । यो दिन १ अमेरिकी डलरको खरिददर १२९.२९ रुपैयाँ र बिक्रीदर १२९.८९ रुपैयाँ कायम भएको थियो ।

अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ । बैंकले मूल्य वृद्धि नियन्त्रण गर्न फेडरल रिजर्भले ब्याजदर बढाएको हो । योसँगै डलर पनि विश्व बजारमा बलियो बन्द बनेको छ ।

भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको र अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा परेको हो ।

डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ । निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ । डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ । यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स