११ अर्ब ३० करोड अमेरिकी डलरको सम्पत्ति भएकी साबित्री बनिन् एशियाकै धनी महिला

काठमाडौं । साबित्री जिन्दाल एशियाकै सबैभन्दा धनी महिला बनेकी छन् । ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनीसँग ११ अर्ब ३० करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

उनले चीनकी अर्बपति याङ हुइयानलाई पछि पार्दै यसपालि एशियाकै पहिलो धनी महिला बनेकी हुन् । साबित्री भारतको धनी व्यक्तिहरूको सूचीमा भने १० औं स्थानमा परेकी छिन् ।

भारतकी ७२ वर्षीया साबित्री हरियाणाकी पूर्व मन्त्री र ओम प्रकाश (ओपी) जिन्डाल ग्रूपकी मानार्थ अध्यक्ष हुन् । उनका नौ जना छोराछोरीहरू छन् । स्वर्गीय श्रीमान ओमप्रकाशले नयाँ दिल्लीमा स्थापना गरेको जिन्दाल ग्रूप उनले सञ्चालन गर्दै आएकी छिन् ।

उनको कम्पनीले खानी उत्खनन, ऊर्जा उत्पादन, औद्योगिक ग्यास उत्पादन र बन्दरगाह सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स