काठमाडौं । विश्वको अर्थतन्त्रको इतिहासलाई अलिकति गहिरिएर केलाउने हो भने संसारको अर्थतन्त्र लगभग लामो समयसम्म मन्द अवस्थामा रहन गएको देखिन्छ । जनसंख्याको वृद्धिसँगै केहि भौतिक वस्तुको वृद्धि भएपनि समग्रमा संसारको अर्थतन्त्र स्थिर रहेको देखिन्छ । अर्थतन्त्र मन्द गतिबाट अघि बढेको धेरै भएको छैन ओद्योगिक क्रान्तिको विकाससँगै आधुनिक अर्थतन्त्रको सुरुवाट भएको हो ।
विश्व इतिहासको अधिकांश समय अर्थतन्त्र उस्तै अथवा जस्ताको तस्तै रहेको थियो । जनसंख्याको वृद्धि र नयाँ सिर्जनात्मक काम, सहज जीवनायापनको खोजिगर्दै हिड्दा उत्पादन र भौतिक संरचनामा विकास भएको देखियता पनि समग्र प्रति व्यक्ति आय भने उस्तै रहेर गयो ।
१५ सयको दशकमा समग्र विश्वमा वस्तु तथा सेवाको मूल्य २५० बिलियन डलर थियो । जुन आजको मूल्यमा ६० ट्रिलिएन अमेरिकी डलर बन्न आउँछ । जुन १५ औ सताब्दीमा वार्षिक प्रति व्यक्ति आय ५५० अमेरेकी डलर हुन आउँछ । अहिले ५०० वर्षको अवधिमा बच्चा बच्ची, महिला बूढाबूढी सबैले औसत प्रति व्यक्ति आय वार्षिक ८,८८० डलर पुगेको छ । यति छोटो समयमा यति धेरै उच्च वृद्धि हुनको पछाडि के थियो त कारण र केले यस्तो फरक पारेको छ त ? अर्थतन्त्रमा सुधार ल्याउन त्यति सजिलो छैन ।
यसरीे अर्थतन्त्रमा परिर्वतन हुनको सिधा कारण मान्छेको संसार प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आउनु हो । मानिसले भविष्यलाई आशाको किरणको रुपमा लिन थाले पछि लेनदेन अनि कर्जाको काम हुन थाल्यो अनि त्यस पछि आधुनिक अर्थतन्त्रले छलाङको बाटो रोज्न सकेको हो ।
आधुनिक अर्थतन्त्र कुरा गर्दा एउटा छुटाउनै नहुने कुरा विकास हो । आधुनिक समयमा अधो वा उधो गतिमा निरन्तर अर्थतन्त्र अघि बढिरहेको छ । विस्तारित हुन खोजिरहेको छ त्यहाँबाट एक कदम अगाडि बढ्न खोजिरहेको छ ।
कुरा प्रस्ट पार्न एउटा सजिलो उदाहरण लिउँ ?
एउटा सहरमा एउटा बैंकर बस्थ्यो । उसको कोलम्यान नाम गरेको एउटा बैंक थियो । एउटा नामुद ठेकेदारले एउटा प्रसिद्ध ठेक्का पट्टाको परियोजनाबाट करोड कमाएर बैंकमा जम्मा गर्न राख्यो । बैंकमा अब एक करोड रुपैयाँ भयो । त्यो पैसा लगानीको बाटो खोज्न थालियो । त्यही सहरको एउटा व्यस्त चोकमा म्याक डोनल खोल्यो भने राम्रो चल्छ भन्ने लाग्यो ।
तर, त्यति क्रममा एक व्यक्तिले बजारको अध्ययन गरेर त्यहाँ म्याक डोनल खोल्न सकियो भने मनग्य कमाउन सकिन्छ भन्ने ठान्यो र त्यसपछि विभिन्न योजना देखाएर उसले बैंकरलाई विश्वस्त बनायो । उसको योजनामा सर्मथन गर्दै बैंकले आवश्यक कर्जा दिन तयार भयो बैंकले उसको खातामा १ करोड रुपैयाँ राखिदियो ।
अब मिस्टर ठेकेदारले फेरि काम सुरु गर्न लाग्यो र उक्त व्यक्तिले लिएको पैसा पनि ठेकेदारले पाएपछि १ करोड लिएर बैंकमा फेरि पैसा राख्यो अनि काम सुरु गर्यो । अब बैंकमा २ करोड भयो । होइन बैंकमा साँच्चिएकै पैसा जम्मा १ करोड मात्र छ सुरुमा ठेकदारले राखेको १ करोड त्यस पछि तपाईले पाएको पनि त्यही हो । ठेकदारलाई दिएको पनि त्यही पैसा हो ।
काम राम्रोसँग भइरहेको थियो, तपाईले सोचे अनुसारको संरचना बन्दै थिए । महँगी लगायत विभिन्न कुराले अरु संरचना बनाउन थप एक करोड लाग्ने ठेकदारले बताए । त्यो व्यक्तिसँग कुनै उपाए थिएन बैकमा जानुको सिवाय । फेरि ऊ बैकमा गयो र १ करोड रुपैयाँ फेरि ऋण लियो । उसले त्यो पैसा ठेकदारलाई दियो र र ठेकदारले फेरि पैसा बैंकमै लगेर राख्यो ।
अब बैंकमा पैसा कति भयो ३ करोड ठेकदार आफैको ३ करोड पैसा छ । अब ठेकेदारले मेरो राख्नदिएको ३ करोड देउ भन्दा बैंकले दिन सक्छ त ? सक्दैन किनभने बैकसँग त्यति धेरै पैसा नै छैन । अमेरिकाको बैंकिङ कानुन अनुसार यस्तो प्रक्रिया अझै सात चोटी गर्न सकिन्छ । बैंकमा एक करोड छ भने १० करोडसम्म यसरी कर्जा प्राप्त गर्न सकिन्छ । ९० प्रतिशत सबै पैसा भनेको नम्बर र कम्प्युटरमा भरिएका आकडामात्र हुन्छन् ।
सबै सिस्टम विश्वासको आधारमा चलिरहेको हुन्छ । ठेकेदारले विश्वास गरेर आफूसँग भएको रकम बैंकमा बुझाए । बैंकरले उक्त पात्रको योजनमा विश्वास गरेर ऋण दियो । ऋणीले आउने भविष्यमा विश्वास गरेर एउटा दायित्व बहन गर्दै रकम पायो । चम्चा, पिलेट, पकाउने भाडा तथा अन्य सबैको पैसा एक दिन तपाईले बर्गर बेच्नुहुन्छ नाफा कमाएर तपाईले पनि राख्नु हुन्छ ।
अनि बैंकलाई पनि फिर्ता दिनुहुन्छ । तपाईले कुनै व्यवसाय सुरु गर्न चाहनु भयो तपाईले बर्गर पसल खोल्न चाहनुभयो । मानिलिउ म्याक डोनल नैँ खोल्न चाहनुभयो तपाईसँग प्लेट, चम्चा, बेसिन, टेबल, कुर्सीको लागि पैसा छैन ।
तपाईसँग पैसा जतिबेला हुन्छ तब तपाईले रेष्टुराँ खोलेर व्यवसाय सुरु गर्न सक्नु हुन्छ । तर, व्यवसाय सुरु गर्नको निम्ती नै पैसा भएन भने त्यतिकै व्यवसाय खुल्दैन अर्थात व्यवसायनै खोल्न सकिदैन । त्यसो भए पैसा कसरी कमाउने लामो समय विश्व अर्थतन्त्रनै यस्तै चक्रमा परिरहन्छ र समग्र विश्व अर्थिक गतिविधि फुक्न पाएको हुँदैन जबसम्म मानिस कर्जा जस्तो प्रविधिको आविस्कार गर्दैनन् ।
आधुनिक अर्थतन्त्रको जग नै आज भन्दा भोलिका दिन उज्वल हुन्छन् भन्नेमा टेकिएको छ । १५ औं शताव्दीभन्दा अघिको शताव्दीमा मानिसमा जुन बेला औद्योगिक क्रान्ति हुने कुनै छनक थिएन । भोकमरीले गर्दा लाखौँको संख्यामा मानिसको मृत्यु हुने गथ्र्याे । पानी परेन अथवा गहँुमा किरा लाग्यो भने समेत मान्छेको मृत्यु हुने गथ्र्यो । त्यति बेलाको समयमा कहिले कताबाट लुटेराको भिड आएर सारा अन्न भण्डारणबाट लुटेर लगिदिन्छ भन्ने चिन्ता हुन्थ्यो ।
त्यस्तो अवस्थामा पनि मानिसहरु जे जति दुःख र सुखका दिन थिए ति हिजोका दिन थिए भन्ने मान्थे, भविष्य भनेको दुःख हो, अन्योल हो, अस्थिरता हो भनेर बुभ्mथे । ठिक अहिले पनि त्यस्तै छ । भविष्य अन्योल नै छ, अस्थिर नै छ । कुनै सुनिश्चिता छैन । कति बेला के हुन्छ त्यसको पत्तो अहिलेसम्म पनि लगाउन सकिरहेको देखिदैन ।