अर्थमन्त्री जनार्दन शर्माको क्लिन चिट २ बजे सभामूखलाई बुझाउने तयारी

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठिन संसदीय समितिले आज शुक्रबार २ बजे प्रतिवेदन बुझाउने भएको छ । छानबिन समितिले १७ दिनमा उक्त प्रतिवेदन सभामुखमार्फत् संसद समक्ष प्रतिवेदन बुझाउने भएको छ । कर्म काण्डी रुपमा आउने उक्त छानबिन प्रतिवेदनले अर्थमन्त्री जनार्दश शर्मालाई क्लिन टिच दिने बुझिएको छ ।

जनार्दन शर्माले बजेट निर्माणको राती अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको आरोप लागेको थियो ।
समिति स्रोतका अनुसार बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन समिति प्रवेश नै नगरी सतही रुपमा रिपोर्ट तयार पारेको बुझिएको छ ।

सीसीटीभी फुटेजदेखि अन्य सबै कुरा सेटिङमा र बजेट निर्माणको राति (जेठ १४ गते राति) प्रवेश गरेको सेतो कारमा को को थिए भन्ने विषयमा समेत छानबिन समितिले अनुसन्धान नगर्नुको मुख्य कारण भनेको छानबिन कर्मकाण्डी पाराले सबैको आँखामा धूलो हाल्ने हिसावले भएको देखिएको छ ।

१७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथि लागेको आरोप पुष्टि प्रमाण भेटाउन सकेको छैन । समितिले शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।

‘सुरुका दिनदेखि नै यस सम्बन्धमा भएका प्रमाणहरू मेट्दै जानु र गर्नुपर्ने जति अध्ययन अनुसन्धान नहुनुको अर्थ अर्थमन्त्रीलाई क्लिन चिट दिने नै हो,’ उच्च स्रोतले भन्यो ।

यसअघि प्रधानमन्त्री शेरवहादुर देउवाबाट आएको अभिव्यक्तिले समेत अर्थमन्त्री शर्माले क्लिन चिट पाउने अनुमान सहजै गर्न सकिने यस अघि नै देखिसकेको छ । प्रम देउवाले करको दररेट जसले बिगारेको छ उसैले सर्पाछ भन्ने अभिव्यक्ति दिएका थिए ।

समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले आज दिउँसो २ बजे प्रतिवेदन बुझाउन लागिएको जानकारी दिए ।

बजेट निर्माणको राति जुन दिन करको दररेट फिक्स गरिन्छ सो रात अनाधिकृत व्यक्तिको प्रवेशको विषयलाई लिएर चौतर्फी विरोध भएपछि प्रतिनिधिसभामा भएको दवावका कारण अर्थमन्त्री शर्माले असार २३ गते पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१० दिनको समयभित्र संसदीय समितिले छानबिन प्रतिवेदन दिनुपर्ने थियो । त्यसमा थपिएको ७ दिनको समय आज शुक्रबार सकिने भएकोले आज छानबिन समिति आज प्रतिवेदन बुझाउन लागेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स