आज मौद्रिक नीति आउँदै ? के हुन्छ ४/१२ ?

काठमाडौं । आज शुक्रबार मौद्रिक नीति आउँने पक्का पक्की भएको छ । अहिले राष्ट्र बैंकमा बोर्ड बैठक बसेको छ । श्रोतका अनुसार साँझ चारबजेसम्ममा मौद्रिक नीति सार्वजनिक हुने बताइएको छ ।

मौन गर्भनर अब के होला ४/१२ ?
एकदम आलोचना खेपेको एउटा नीति ४/१२ हो । एउटा बैंकबाट चार करोड र तिन वटा बैंक गरी १२ करोड भन्दा बढि कर्जा सेयर मार्केटका लगानीकर्ताले लिन नमिल्ने नियमलाई ४/१२ भनिन्छ । यसको सेयर बजारका लगानीकर्ताको चौतर्फी दबाब बोकेको राष्ट्र बैंक यसलाई हटाउँने अथवा पुनरावलोकन गर्ने बाध्यात्मक अवस्थामा छ ।

उद्योमी ब्यवसायीलाई बजेट भन्दा मौद्रिक नीतिको चासो

उद्योमी तथा व्यबसायीलाई मौद्रिक नीतिले प्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसैले मौद्रिक नीतिले बैंक र वित्त क्षेत्र एउटा नियमको छडिको काम गरिहेको हुन्छ । त्यसैले सबै उद्योगी व्यबसायीले आफु अनुकुलको मौद्रिक नीति आउँन पर्छ भन्ने कुरा कुनै असाधारण विषय होइन ।

बजेटले राष्ट्रको संकलित राजस्वको परिचालनको बारेमा कुरा गर्छ भने माद्रिक नीतिले बैक तथा वित्तय क्षेत्रमा दिने सुविधा तथा लगाइने अंकुशको बारेमा कुरा गर्छ । त्यसैले उद्योगी ब्यवसायीले मौद्रिक नीतिमा आफ्ना कुरा समावेश होस् भन्ने हिसाबले सुझावहरु प्रस्तुत गर्ने गर्छन् । राष्ट्र बैंकका पदाधिकारी बोलएर सभा सम्मेलन पनि गर्ने गर्छन् ।

गर्भनरको संकेत मौद्रिक नीति कडा आउँछ ?
विभिन्न फरोमहरुमा मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले एउटै कुरा भनिरहेको हुन्थे मौद्रिक नीति आउँदा सबैको कुरा समावेश गर्न नसकिन सक्छ सबैले आफ्नो ठाउँबाट त्याग्न सक्नुपर्छ भन्ने आसयका अभिव्यक्ति बारम्बार आइरहेका हुन्थे । गर्भनरका यी भनाइले विदेशी संचित रकम कम भएको अवस्था, मुद्रास्फ्रीति रोक्न केही कसिलो मौद्रिक नीति आउँन सक्ने अनुमान लगाउँन सकिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स