जेठ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्वि

काठमाडौं । जेठ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बढेको छ । सोमबार राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब १८ करोड पुगेको छ ।

अघिल्लो आवको यसै अवधिसम्म विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तोआप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समिक्षा अवधिसम्ममा २०८।३ प्रतिशलते बृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिसम्म यस्तो संख्या ५२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स