एकै वर्ष ५५ वटा पब्लिक कम्पनी दर्ता, मुलुकभर १६ सय ७८ वटा पब्लिक कम्पनी

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा ५५ वटा पब्लिक कम्पनी दर्ता भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयको अनुसार गत आवमा ५५ वटा पब्लिक कम्पनी दर्ता भएका हुन् । अघिल्लो आवमा ४६ वटा पब्लिक कम्पनी दर्ता भएका थिए । हालसम्म मुलुकभर १६ सय ७८ वटा पब्लिक कम्पनी दर्ता भएका छन् ।

गत आवमा २५ हजार ८५९ वटा प्राइभेट कम्पनी दर्ता भएका छन् । अघिल्लो आवमा १८ हजार ८५ वटा प्राइभेट कम्पनी दर्ता भएका छन् । हालसम्म मुलुकमा २ लाख ५५ हजार ७३३ कम्पनी दर्ता भएका छन् ।

गत आवमा मुनाफा वितरण नगर्ने कम्पनी ५४४ वटा दर्ता भएका छन् । अघिल्लो आवमा ४०६ वटा यस्तो कम्पनी दर्ता भएका थिए । हालसम्म मुलुकभर ३ हजार ४२८ वटा मुनाफा वितरण नगर्ने कम्पनी दर्ता भएका छन् ।

गत आवमा विदेशी कम्पनीको शाखा कार्यालय ४० वटा दर्ता भएका छन् । अघिल्लो आवमा ५८ वटा यस्तो कार्यालय दर्ता भएको थियो । हालसम्म नेपालमा ३५६ वटा विदेशी कम्पनीको शाखा कार्यालय दर्ता भएका छन् ।

गत आवमा कम्पनी खारेजी हुने संख्या घटेको छ । २०७७/७८ मा ४ वटा कम्पनी खारेजी भएका छन् । अघिल्लो आवमा १४ वटा कम्पनी खारेजी भएका छन् । हालसम्म २ हजार १३६ वटा कम्पनी खारेजी भएका छन् ।

गत आवमा ५१ वटा कम्पनी गाभ्ने कार्य भएको थियो । अघिल्लो आवामा १७० वटा कम्पनी गाभ्ने कार्य भएको थियो । हालसम्म ४५३ वटा कम्पनी गाभिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स