बजेटका बेला ७५० वस्तुको करको दर परिवर्तन गर्ने अर्को भारतीय नागरिक उपेन्द्र हेरावत भएको संसदमै बोले पद्म गिरीले

काठमाडौं । बुधबार प्रतिनिधिसभामा राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको अन्तिम रात अर्थ मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गर्ने अर्को नागरिक भारतीय भएको खुलासा भएको छ । एमाले संसद पद्म गिरीले प्रतिनिधिसभा बैठकमा बजेट निर्माणको अन्तिम राति पूर्व नायव सुब्बा रघुनाथ घिमिरेसँग भारतीय नागरिक उपेन्द्र हेरावत पनि प्रवेश गरेको बताएका हुन् । हाल चौधरी ग्रूपमा कार्यरत घिमिरे यसअघि राजस्व अनुसन्धान विभागमा कार्यरत थिए ।

संसद गिरीले हिजो असार २३ गते प्रतिनिधिसभामा करको दर हेरफेर गर्ने अर्को व्यक्ति भारतीय नागरिक हेरावत भएको पुष्टी पनि गरेका छन् । हेरावत पेशाका हिसावले लेखा परिक्षक (सीए) हुन् । ७५० वस्तुको करको दर परिवर्तन गर्न खेताला लगाएर अर्थमन्त्रीले राष्ट्रमाथि ठूलो घात गरेका छन् । बजेट निर्माणको क्रममा करका सम्बन्धमा लिने नीतिगत निर्णयभन्दा अन्य पाटो सबै गौणमा पर्दछन् ।

अर्थमन्त्री शर्माले यो संवेदनशीलतालाई नबुझेर आफ्नो ढुकुटीको साँचो बलियो पार्ने बेला जसरी गर्न पर्छ गर भनेर खुला रुपमा छोडिदिएका थिए । यहि कारणले बजेट सार्वजनिकको मध्यराति यसरी करको दर हेरफेर भयो, कुन कुरा वस्तुमा करको दर परिवर्तन गरियो भन्ने कुरा अर्थमन्त्रीलाई समेत थाहा नभएको हुन सक्छ ।

यस्तो संवेदनशील विषयलाई हल्का रुपमा लिएका अर्थमन्त्री जनार्दन शर्माले चर्को दवावपछि अस्ति बुधबार राजीनामा दिइसकेका छन् । १३ दिनमै सीसीटीभि क्यापराले खिचेका फुटेजसमेत मेटिने सूचना प्रकाशित गर्न लगाएर आम नागरिकको आँखामा छारो हाल्ने काम गरेका अर्थमन्त्री शर्माले गरेका पापको घडा भरिएको हो ।

उनले आफ्नो ११ महिने कार्यकालमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अदालत पुर्याउने देखि हिमालय रि इन्स्योरेन्सजस्तो स्रोत मै प्रश्न उठेका कम्पनीलाई व्यवसाय अंश वण्डा लगाएर राष्ट्रमाथि अन्तरघात गरेका छन् ।

देशको अर्थतन्त्रलाई धरासायी बनाएर ‘धनयुद्ध’मा लागेका अर्थमन्त्रीले हिमालयन रिलाई वार्षिक साढे ३ अर्बको व्यवसाय त दिए नै त्यसको अलवा उनी नयाँ ब्रोकर लाइसेन्सदेखि नयाँ स्टक मार्केटसम्मको चलखेलमा उनी लागे । उनले साना संस्थानदेखि ठूला निकाय एवम् व्यापारिक घरानासँग साठगाँठ गरेर देशको ढुकुटी रित्याउने काममा उनी नाङ्गो नाच नाचिरहेका थिए ।

बजेट सार्वजनिक गर्ने मध्यरातमा खेतालालगाएर ७५० भन्दा बढी करका दर परिवर्तन गर्न लगाएका शर्माले बुधबार राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स