अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै छानबिनमा सहयोग गर्नका लागि राजीनामा दिएको उनले बताएका हुन् ।

प्रतिनिधि सभाले उनी माथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको छ । जेठ १५ गते बजेट निर्माणका क्रममा करका दर हेरफेर गरेका विषयमा समाचार सार्वजनिक भएपछि सत्य तथ्य छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बनेको हो ।

जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताए । संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्र्रिया दिँदै उनले आफूले बजेट निर्माणका क्रममा कुनै पनि गल्ती नगरेको समेत प्रष्ट्याए ।

‘मैले बजेट निर्माणमा कुनै पनि गल्ती गरेको छैन, स्थापित मूल्य, विधि र पद्दतिका आधारमा बजेट निर्माण भएको छ’, उनले भने ‘जुन किसिमले विषय उठेको छ ।

त्यसले आम जनातामा भ्रम परेको छ, सत्यतथ्य छानबिनबाट त्यो भ्रम निवारण हुनेछ भन्ने विश्वास छ ।’ आज प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नमा छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै सदनमा सम्बोधन गर्दै शर्माले राजीनामा दिएको घोषणा गरेका थिए ।

आफूले राम्रो काम गदागर्दै पनि गलत आरोप लगाएर छानविन कमिटी गठन गरिएको भन्दै छानविनको लागि सहयोगमा राजीनामा दिइएको उनले बताए ।

‘देश र जनताको पक्षमा राम्रो काम गर्दा गर्दै पनि म माथि गलत आरोप लगाइयो, यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । विषयहरु कसरी आए रु कसरी प्रस्तुत भए ? र यहाँ भ्रम सिर्जना गर्ने प्रयत्न भए ? यसको गहन अध्ययन हुनु जरुरी छ । एउटा छानबिनको लागिमात्रै नभएर हजारौं छानबिनको लागि तयार छु ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स