काठमाडौं महानगरपालिको शिक्षामा ७० करोड, पहिलाभन्दा लगभग तीन गुणा बढि

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षाको लागि आगामी आर्थिक वर्षमा ७० करोड रुपैयाँ भन्दा धेरै बजेट छुट्याएको छ । यो चालु आर्थिक वर्षको लगभग तीन गुणा बढि हुन्छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले भने आुसार ‘चालु आर्थिक वर्षका लागि करिब २२ करोड छुट्याइएको थियो । आगामी आर्थिक वर्षको लागि ७० करोड बढी छुट्याईएको छ । यो भनेको करिब तीन गुणा बढी हो ।’

काठमाडौं महानगरपालिकाले यो वर्ष महानगरभित्रका सार्वजनिक शिक्षा सुधारका लागी शौचालय स्तरोन्नति, सबै माध्यमिक विद्यालयमा ९–१२ कक्षामा हप्ताको एक दिन सीपमूलक शिक्षा दिने, नमुनाको रुपमा विद्यालयमा विद्यार्थीको लकर बनाउने लगायतका नयाँ विभिन्न कार्यक्रमहरु ल्याएको छ । सञ्चालन भइरहेका कार्यक्रमहरुमा पनि बजेट बढाइएको छ ।

विद्यार्थीले पाउँदै आएको खाजामा १० रुपैयाँ बढाउने तयारी भएको छ ।
संघीय सरकारले पनि प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजाको लागि रकम विनियोजन गर्दै आएको छ ।विद्यालयमा विद्यार्थीको सहभागिता बढाउनका लागि सरकारले आर्थिक वर्ष २०७५र७६ देखि दिवा खाजा कार्यक्रम शुरु गरेको हो । बालकक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा आगामी आर्थिक वर्षदेखि ६ कक्षासम्म दिने सरकारले घोषणा गरेको छ । संघीय सरकारले यो कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स