काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ १२६.३४ रुपैयाँ कायम भएको छ ।
यसअघि गत बिहीबार एक अमेरिकी डलरको विनिमय दर १२५.७२ रुपैयाँ पुगेको थियो।
त्यस्तै, आज खरिददर १२५.७४ रुपैयाँ कायम भएको छ ।
पछिल्लो केहि दिन यता डलरको भाउ लगातार बढ्दै गएको छ। डलर महंगीएसँगै नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।