काठमाडौं महानगरपालिको बजेट ५७ प्रतिशतभन्दा धेरै, कुनले ल्याए बजेट ?

काठमाडौं । संघीय सरकारले तल्लो सरकारहरू आ–आफ्नो स्थानीय तहले आज असार १० गते बजेट सार्वजनिक गरेका छन् । आज शुक्रबार ५ वटा महानगरपालिकाले कुल ४४ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । विवादका कारण पोखरा लेखनाथ महानगरपालिकाले भने आज शुक्रबार बजेट सार्वजनिक गर्न सकेन ।

बजेट सार्वजनिक गरेका ५ वटा महानगरपालिकामध्ये सबैभन्दा बढी बजेट काठमाडौं महानगरपालिको रहेको छ । आज बजेट सार्वजनिक गरेका ५ महानगरपालिकामध्य काठमाडौं महानगरपालिको बजेट कुल बजेटको ५७.१४ प्रतिशत रहेको छ । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको लाग २५ अर्ब ४१ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

आज बजेट विनियोजन गरेका महानगरपालिकामध्य ललिलपुरको बजेट ६ अर्ब ३५ करोड, भरतपुरको ५ अर्ब ७४ करोड विराटनगरको ३ अर्ब ६२ करोड र वीरगञ्जको ३ अर्ब ३३ करोड बजेट रहेको छ ।

महानगरपालिको बजेट

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स