काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गर्दे कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको बताइन् । जुन कुल बजेटको २० प्रतिशत हो ।
त्यस्तै, पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ । जुन कुल बजेटको ४९.५७ प्रतिशत रहेको छ ।
उपमेयर डंगोलले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेट ल्याइएको बताइन् ।