भृकुटी मण्डप प्रदर्शनी कक्षमा “नेपाल चेम्बर एक्स्पो २०२२”

विगतका राजनीतिक उपलब्धीहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक सम्बृद्धि तर्फ उन्मूख हुँदै गइरहेको परिप्रेक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको छ । देशको समग्र बिकास, निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिइ नेपाल चेम्बर अफ कमर्सद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा यही आषाढ २ देखि ६ गतेसम्म भृकुटी मण्डप प्रदर्शनी कक्ष, प्रदर्शनी मार्ग, काठमाडौंमा “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ ।

निर्यात प्रवद्र्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य हो । पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्सले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिइएको छ । मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ ।

गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई नेपाल चेम्बर अफ कमर्सले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उद्देश्य राखेको छ ।
यस वर्ष द्यबलनबिमभकज पार्टनर कन्ट्री (एबचतलभच ऋयगलतचथ) रहेको छ । यस मेला आयोजना गर्नमा नेपाल स्थित बंगलादेश राजदुताबासको पनि सक्रिय सहभागीता रहेको छ । यसै गरी बङ्गलादेशको ःवाणिज्य मन्त्रालय र भ्एद्य बंगलादेश को सहकार्यमा बंगलादेशका उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा कृषि तथा जडिबुटी जन्य वस्तुहरु, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, फ्लोरिङ र फर्निसिङ, गृह उपकरणहरू, फेसन पहिरन र सहायक उपकरणहरू, गार्मेन्ट र कपडा, मोबाइल र ग्याजेटहरू, FMCG हाइड्रो, रसद, हस्तशिल्प र ह्यान्डलूमहरू, जुत्ता र छालाका वस्तुहरू, सौन्दर्य प्रसाधन, खाना र दुग्ध उत्पादनहरू आदी सामग्रीहरूको प्रदर्शनीले आगन्तुकहरूका लागि एक्स्पो एउटा उपयुक्त आकर्षण बन्न सक्ने विश्वास गरिएको छ ।

“नेपाल चेम्बर एक्स्पो २०२२” को गोल्ड स्पोन्सर ज्गबिक ज्क्ष्एऋइ कगउभचदगष्मि रहेको छ । यस्तै मेलाको अफिसियल इन्सूरेन्स एच्ब्द्यज्ग् क्ष्ल्क्ग्च्ब्ल्ऋभ् रहेको छ र ीभबचलष्लन एबचतलभच को रुपमा दचयबमधबथ क्ष्लायकथक रहेको छ भने यो एक्स्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले लिएको छ ।
यस मेलाका १५० वटा स्टलहरुमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् र स्टलहरु बुकिङ भईरहने क्रम जारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स