बागमती प्रदेशको बजेटमा चितवन

चितवन । बागमती प्रदेश सरकारले चितवनका विभिन्न योजनामा बजेट विनियोजन गरेको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेलले आज प्रदेशसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गरेको हो ।

बजेटमा सौराहा–कुमरोज–प्यारीढाप–कुचकुचे क्षेत्रमा वन्यजन्तु अवलोकनस्थलका लागि बजेट विनियोजन भएको छ । देवघाट क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि सरकारले बजेट व्यवस्था गरेको छ । नारायणी नदीमा जल पर्यटन प्रवद्र्धनका लागि आवश्यक बजेट छुट्याइएको छ ।

भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । माडीमा कभर्डहल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ ।

रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र सञ्चालन गर्न तीन करोड ९४ लाख बजेटको व्यवस्था गरिएको छ । चितवनसहित मकवानपुर र ललितपुरस्थित जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा स्तरोन्नति गर्न भौतिक पूर्वाधार विकास निर्माणका लागि १२ करोड बजेट विनियोजन गरिएको छ ।

बौद्धिक अपांगता भएका बालबालिकाका लागि आवासीय विद्यालय निर्माण गरिने, चेपाङ संरक्षित क्षेत्र विशेष कार्यक्रम लागू गर्ने, सीमान्तकृत बस्तीमा एकीकृत बसोबासका लागि बजेट विनियोजन गरिएको छ । जसमा मकवानपुर, चितवन र धादिङका लागि पाँच करोड विनियोजन गरिएको हो ।

नारायणी लिफ्ट र खगेरी सिँचाइका लागि १५ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वी राप्ती सिँचाइ सबलीकरणका लागि बजेटमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स