राष्ट्र बैंकले केराउ, सुपारी, मरिच आयातको बाटो खोल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले केराउ, सुपारी, मरिच आयातका लागि डलर सटही सुविधा उपलब्ध गराउने भएको छ । । बैंकले बिहीबार एकीकृत परिपत्र २०७८ मा संशोेधन गर्दै सो व्यवस्था लागु गरेको हो ।

केन्द्रीय बैंकले आफू मातहतका कार्यालयहरू, बैंक तथा वित्तीय संस्थाहरूलाई हकमा एक परिपत्र जारी गर्दै विदेशी मुद्रा सटही सुविधा दिन भनेको हो ।

यसअघि गत फागुन २६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै औद्योगिक प्रयोेजनका लागि उद्योग विभागको सिफारिस र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमतिका आधारमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने व्यवस्था लागु गरिएको थियो ।

अब यी सामाग्री प्रयोग गर्ने उद्योगले सतप्रतिशत नगद मार्जिन राखेर आयात गर्न पाउनेछन् तर यी वस्तु औद्योगिक प्रयोजनका लागि आयात गर्नुपर्नेछ । बैंकहरूले यी वस्तु उद्योगको कच्चा पदार्थ रहेकोले उद्योग आफैंले आयात गरेका आधारमा सटही सुविधा दिन सक्ने भएका हुन् ।

राष्ट्र बैंकले चार प्रकारको हार्मोनिक कोड भएका वस्तुको आयातमा डलर सटही सहजीकरण गरिदिन बैंकहरुलाई निर्देशन दिएको हो ।

विदेशी मुद्राको सञ्चिती घटेको भन्दै सरकारले सुपारी, केराउ, मरिच, छोकडा, महँगा गाडी, टेलिभिजन, मोबाइल फोन, रक्सी तथा चुरोट जस्ता वस्तुको आयातमा रोक लगाएको थियो ।

सरकारले उक्त निर्णयले सिमित व्यापारीलाई मात्र फाइदा पुगेको भन्दै उद्योगले मागेजति सुपारी तथा केराउको आयात अनुमति दिन व्यवसायीले माग राख्दै आएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स