‘आर्थिक वृद्धिदर महत्वकांक्षी नै हो, त्यो सम्भव भएर नै ल्याइएको हो’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले आगामी आर्थिक वर्षको बजेटले लक्षित गरेको आर्थिक वृद्धिदर महत्वकांक्षी नै भएको बताएका छन् । अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयमा आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटले लक्षित गरेको आर्थिक वृद्धिदर महत्वकांक्षी भएको बताएका हुन् ।

सरकारले लिएको आर्थिक वृद्धिदर महत्वकांक्षी नै भएको उनले सो कार्यक्रममा मुस्कुराउँदै उल्लेख बताए ।

अर्थमन्त्री शर्माले हिजो संदनमा प्रस्तुत गरेको बजेटले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने उल्लेख गरिएको छ । ‘सो आर्थिक वृद्धिदर प्राप्त गर्न सरकारले प्रशस्त उत्पादनमूलक कार्यक्रम, उद्यमशीलताका कार्यक्रमसहित उत्पादनलाई उत्पादकत्वसँग जोडर रोजगारी सिर्जना गर्ने गरेर समावेशी बजेट ल्याएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स