आगामी आर्थिक वर्ष २०७९/८०को बजेटको पूर्णपाठ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माल आगामी आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० रुपैयाँ अर्थात ४२ प्रतिशत बजेट विनियोज गरेका छन् भने पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२.८बजेट विनियोज गरेका छन् । चालु आर्थिक वर्षमो चालु खर्चतर्फ १० खर्ब ६५ अबर्क २९ करोड बजेट रहेको छ भने पुँजीगततर्फको खर्च ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने चालु आवमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ बजेट रहेको छ ।

सरकारले प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तर शीर्षका लागि ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत बजेट विनियोजना गरेको छ । सरकारले सो खर्च व्यवस्थापनको लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड , वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्ने भएको छ । राजस्व र अनुदानबाट नपुग हुन आउने ४ खर्ब ९८ अर्ब २६ करोडका लागि सरकारले वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट उठाउने भएको छ । त्यसरी नै सरकारले चालु आवको खर्च व्यवस्थापनको लागिथ ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

यस्तो छ बजेटको पूर्णपाठ

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/बजेट-बक्तव्य-२०७९-जेठ-१५-A4.docx” viewer=”microsoft”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स