आगामी आवको लागि १७ खर्ब ९३ अर्ब बजेट विनियोजन

अर्थमन्त्री जनार्दन शर्माल आगामी आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्ब बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब रुपैयाँ बजेट विनियोज गरेका छन् भने पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब बजेट विनियोज गरेका छन् ।

सरकारले चालु आर्थिक वर्षको लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटमध्ये चालु खर्चतर्फ १० खर्ब ६५ अबर्क २९ करोड रहेको छ भने पुँजीगततर्फको खर्च ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने चालु आवमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।

त्यसरी नै सरकारले चालु आवको खर्च व्यवस्थापनको लागिथ ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स