१० करोड बढीको बिजुली खपत गर्नेलाई छुटको व्यवस्था

काठमाडौं । सरकारले पहिलोपटक उद्योगी व्यवसायीलाई आर्थिक विकासको मूल प्रवाहमा बजेटमार्फत समेटेको छ । अर्थतन्त्रको इन्जिनका रूपमा निजी क्षेत्रलाई सम्बोधन गर्दै सरकारले निजी क्षेत्रका धेरैजसो मागलाई बजेटमा सम्बोधन गर्ने प्रयास गरेको छ ।

आर्थिक क्षेत्रको इन्जिनका रूपमा निजी क्षेत्रलाई सम्बोधन गरिनु नै निजी क्षेत्रको माग सम्बोधन गरिनुको रूपमा अर्थाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमा नेपाली उत्पादनको प्रवद्र्धन र विकासलाई जोड दिइएको छ ।

त्यस्तै वार्षिक १० करोड भन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुई प्रतिशतसम्म छुट दिने योजना अगाडि सारिएको छ । धेरै विद्युत् खपत गर्ने उद्योगहरूका लागि यस्तो योजना समेटिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स