काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माल आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुती सुरु गरेका छन् । आज जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री शर्माले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको राजस्व तथा व्यय (बजेट) प्रस्तुत गर्न सुरु गरेका हुन् ।
सरकारले चालु आर्थिक वर्षको लागि सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । सो बजेटमध्ये चालु खर्चतर्फ १० खर्ब ६५ अबर्क २९ करोड रहेको छ भने पुँजीगततर्फको खर्च ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँ रहेको छ । वित्तीय व्यवस्थातर्फ भने चालु आवमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको छ ।
त्यसरी नै सरकारले चालु आवको खर्च व्यवस्थापनको लागिथ ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।