मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट पास

काठमाडौं । मन्त्रिपरिषदले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो २ बजे बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार अपरान्ह ४ बजे संघीय संसदमा बजेट पेश गर्दैछन् । बजेट वक्तव्य वाचन गर्न मन्त्री शर्मालाई कम्तिमा ३ घण्टा लाग्ने बताइएको छ।

सरकारले चालु आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८२ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवको लागि करिब पौने १८ खर्बको बजेट ल्याउँदै छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स