पुँजी बजारका विषयमा बोलेको आफ्नै बोलि अर्थमन्त्रीलाई भारी

काठमाडौं । नेपालको पुँजी बजारको इतिहासमा माओवादी पार्टीको सेयर बजारप्रतिको दृष्टिकोण डा.बाबुराम भट्टराईको पालादेखि पुँजी बजारलाई हेर्ने दृष्ट्रिकोण संक्रिण र अव्यवहारिक त्यो छाप हालका अर्थमन्त्री जनार्दन शर्माको पालमा समेत मेटिन सकेको छैन ।

जेठ १० गते आइसकेको नीति तथा कार्यक्रम र भोलि हुन गइरहेको बजेट भाषणमा पुँजी बजार सम्बन्धी के कस्तो विषय वस्तु समावेश हुन्छ विभिन्न संघ संगठन र लगानीकर्ताहरूको मागलाई कसरी सम्बोधन गर्छन् त्यसले उनको पुँजी बजारप्रतिको दृष्ट्रिकोणलाई मूल्यांकन गर्नेछन् ।

विगतका दिनलाई फर्केर हेर्दा उनको पुँजी बजारप्रतिको दुष्ट्रिकोण आफ्नै बोलिले विवादित भएको पाइन्छ । करिब १ वर्ष अगाडि चार्टर्ड एकाउन्टेनहरूको एउटा कार्यक्रममा जिस्किएको शैलीमा लान्छानित पाराले यो हावा भरिएर बढेको मूल्यमा तपाईँहरूको राय के छ भन्दै चार्टर्ड एकाउन्टेनहरूलाई पुँजी बजारप्रति अंकित गर्दै प्रश्न गरेका थिए ।

त्यस समयमा करिब ३२ सय हाराहारीमा रहेको पुँजी बजार हाल आएर करिब १ हजार अंकले घटेर २२ सयको विन्दुमा ओलिएको छ । आफ्नै बोलिले पुँजी बजारमा भरिएको हावा फुस्काउन सफल अर्थमन्त्री हाल उद्योगी व्यवसायी र लगानीकर्ताका साथै सांसद र मन्त्रीहरू कै प्रश्नको कठघरामा परेका छन् । दिनहुँ भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले पुँजी बजारको बारेमा चिन्ता गर्दै प्रश्न राखिरहेका छन् ।

यसले गर्दा पनि उनी माथि पुँजी बजारमा सुधार गर्नुपर्ने वाध्यता आईलागेको छ । स्थानीय चुनावको मुखैमा धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्चेन्जका प्रमुख कार्यकारी अधिकृतलाई बुँदागत रुपमा दिएको निर्देशन पनि उनले कार्यान्वयन नगरेर धोती लाइदिएका छन् ।

आफ्नै पार्टी र सरकार साझेदार पार्टीबाट चौतर्फी दवाव आएपछि आफैले फुस्काएको पुँजी बजारको हावा पुनः आफैले भर्न उनलाई हम्मे हम्मे परेको छ । उनको समस्यालाई नजिकबाट बुझेका राष्ट्र बैंकका गभर्नरले अझ भिलेनको रुपमा पुँजी बजारलाई कसरी अस्थिर बनाउन सकिन्छ भनीे दिनानुदिन त्यहि रोल खेलिरहेका छन् । जसले गर्दा ९÷१० महिनादेखि सेयर बजार ३२ सयको विन्दुबाट घटेर २२ सय विन्दुमा आइपुगेको छ ।

यसले गर्दा स्वयम् अर्थमन्त्रीलाई आफ्नो बोलि आफैलाई भारी पर्न गएको छ भने सामाजिक तथा आर्थिक रुपमा असफलको पात्र बन्न पुगेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स