सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अव सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने बताए । आज प्रतिनिधिसभामा बोल्दै महामन्त्री थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् ।

व्यापारघाटा चिन्ताको विषय भएको भन्दै उनले अहिलेको संकट अझ भयावह बन्दै गएको बताए । आयातमा ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन र खाद्यान्नमा देश आत्मनिर्भर हुनुपर्ने बताए । खाद्यान्नमा समेत यस्तै अवस्था रहेको भन्दै उनले उत्पादकत्व बढाउन सरकारले ठोस नीति ल्याउनु पर्ने बताए ।

आयात घटाउन सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए । १० महिनाको अवधिमा १६ खर्बको आयात र साढे १ खर्बको निर्यात भएको भन्दै उनले आगामी वर्ष यो अझ बढ्ने उल्लेख गरे ।
आगामी वर्ष प्रेस, हेलिकोप्टर जस्ता वस्तु नचाहिने भन्दै सरकार आफैले अनावश्यक वस्तु खरिदलाई निरुत्साहित गर्नुपर्ने पनि महामन्त्री थापाले बताए ।

कांग्रेस महामन्त्री थापाले नेता केपी आलीलाई भने, ‘रन्थनिएको बेला बसेर, उठेर, सुतेर, जसरी बोले पनि हुन्छ । रन्थनिएको बेला पलेटी कसेर बोलेपनि हुन्छ, एक खुट्टा टेकेर बोलेपनि हुन्छ । हामीले सुन्दिनुपर्छ । कहाँ बोल्ने के बोल्ने भन्ने बोल्नेले हेक्का राख्नुपर्छ ।’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स