सम्पन्न हुन लाग्यो मतगणना, कांग्रेस शीर्ष स्थानमा, एमालेले दोस्रो

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तिम मतपरिणाम आउने क्रममा रहेको छ । अहिलेसम्मको मतपरिमाण अनुसार कांग्रेस ३२६ स्थानमा विजय भएर पहिलो स्थान ओगटन सफल भएको छ भने नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले २०५ स्थानमा विजय हासिल गरेको छ ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछ ।

आजको ऐतिहासिक निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडामा वडाध्यक्ष, सोही संख्यामा महिला र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य गरी कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

प्रदेश १ मा ३३ लाख ४७ हजार ३४८, मधेसमा ३३ लाख, ३१ हजार १७०, बागमतीमा ३४ लाख १२ हजार ८६९, गण्डकीमा १७ लाख ८९ हजार ४११, लुम्बिनीमा ३२ लाख १९ हजार ४५७, कर्णालीमा १० लाख एक हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता रहेका छन् ।

यसअघि निर्वाचनको मिति घोषणा भएका दिन १८ वर्ष उमेर पुगेका व्यक्तिले मात्र मतदानको अवसर पाउँदै आएका थिए । निर्वाचनमा ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला गरी कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा थिए ।

यस्तो छ अहिलेसम्मको मतपरिमाण

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स