स्वचालित रुट प्रणाली सञ्चालन गर्नेः राष्ट्रपति भण्डारी

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनसंरचना गरिने

काठमाडौं । सरकारले विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली लागू गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै विदेशी लगानी भित्र्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गर्न सुरु गर्ने बताएकी हुन् । त्यस्तै सरकारले उद्योग प्रशासन सरल र लगानीमैत्री बनाउने पनि पनि जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनसंरचना गरिने भएको छ । सरकारीस्तरबाट नै परियोजनामाथि प्रश्न उठि रहेको बेला त्यसलाई पुनसंरचना गर्ने भनि सरकारले नीति तथा कार्यक्रममा नै उल्लेख गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो परियोजना पुनसंरचना गरिने उल्लेख गरेका छन् ।

कृषिमा सुचना प्रविधिलाई अगाडि बढाउने कुरामा जोड दिँदै कृषि वीमालाई अगाडि बढाउन पनि सरकारले जोड दिइने भनिएको छ । कृषि उपजको गुणस्तरमा ध्यान दिइ आयात न्यूनिकरण गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।

नाकाहरुमा कृषि मार्ट तथा भण्डार निर्माण गर्नुका साथै कृषि योग्य जमिनका लागि बाह्रैमास सिँचाइको व्यवस्था गर्ने र त्यसका लागि आगामी आर्थिक वर्षमा २२ हजार २०० हेक्टरमा सिँचाइको व्यवस्था गरिने राष्ट्रपति भण्डारीले जानकारी गराइन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स