कृषि र पूर्वाधार सरकारको प्रमुख प्राथमिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि र पूर्वाधार क्षेत्रलाई विशेष व्यवस्था गर्ने भएको छ । आगामी वर्षको बजेटमार्फत कृषिको उत्पादन बढाउने र बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति सरकारले लिन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाउने योजना लिने उल्लेख गरिन् । यसका लागि नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्द्धन गरिने बताइएको छ ।
समग्र अर्थतन्त्रको विकासको लागि सरकारले पूर्वाधार विकासलाई जोड दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स