सरकारको नीति तथा कार्यक्रम सुरु, पूर्व तयारी नभएका आयोजनाले बजेट नपाउने

घाटामा गएका सार्वजनिक संस्था निजीलाई दिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छिन् । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वतयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका परियोजनामा बजेट नदिइने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति लिने भएको छ । सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई सुम्पने जानकारी दिएको हो ।

संसदमा भण्डारीले सेतो हात्तीको रुपमा पालिरहेको अर्थात वित्तीय रूपमा बोझ बनेका सार्वजनिक संस्थान खारेज गर्ने वा निजी क्षेत्रलाई जिम्मेवारी दिने बताइन् । निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स