सवारी साधनदेखि मोबाइल, सुनचाँदीको भन्सार महसुल बढाउँदै सरकार, बजेटमार्फत प्रतिबन्धित वस्तुको आयात पनि खुल्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० के बजेटमार्फत सवारी साधनदेखि मोबाइल, सुनचाँदीलगायतका वस्तुको भन्सार महसुल बढाउने भएको छ । बजेटले आयातमा प्रतिबन्ध लागेका वस्तुको भन्सार महसुल बढाएर खुला गर्ने तयारी सरकारले गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमार्फत आयात प्रतिबन्ध लगाइएका विभिन्न १० वस्तुको आयातमा भन्सार महसुल बढाउने तयारी गरेको हो ।

चालु आर्थिक वर्षमा अत्यधिक आयात बढेर विदेशी विनिमयमा चाप परेपछि मोटरसाइकलदेखि कुरकुरसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । बैशाख १३ गते राजपत्रमा प्रतिबन्ध लागेका वस्तुको लिष्ट प्रकाशित भएपछि ती वस्तुहरू आयातमा हाल पूर्ण रुपमा प्रतिबन्ध लागेको छ ।

ती वस्तुको आयातमा प्रतिबन्ध लागेपछि आयात २० अर्ब रुपैयाँले घटेपनि सधैभरि त्यसलाई रोक्न नमिल्ने भन्दै अर्थ मन्त्रालयले तालुक मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेर ती प्रतिबन्धित वस्तुको भन्सार महसुल वृद्धिसँगै खुृला गर्ने तयारी गरेको हो ।

अहिले सरकारले २१ प्रकारका कुरुकुरे, कुरमुरे, लेजदेखि खेल्ने तास, खेलौना, चुरोट तथा सुर्तीजन्य पदार्थ, मरिदा, ३२ इन्चभन्दा माथिको रंगिन टेलिभिजन, ६ सय डलरभन्दा बढी पर्ने मोबाइल, हिरा, २५० सीसीभन्दा माथिको मोटरसाइकल, जीप, कार भ्यानलगायतका १० वस्तुको आयातमा रोक लगाएको छ । असारमसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो ।

सरकारले आगामी आवको बजेट मार्फत मोटरसाइकलमा लाग्दै आएको भन्सार महसुललाई १० प्रतिशत वृद्धि गरेर ४० प्रतिशत पुर्याउन लागेको छ भने विद्युतीय मोटरसाइकलमा भन्सार भरसक कम गर्ने तयारी गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब ३० अर्ब बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।

सरकार यी प्रतिबन्धित वस्तुमा भन्सार महसुल र अन्त शुल्क लाग्ने वस्तुमा सो शुल्क समेत बढाउने तयारी गरेको हो । यसका अलवा सुनचाँदी, देशभित्र उत्पादन हुने तथा उत्पादन गर्न सकिने कृषिजन्य उपच ( खाद्यान्न, तेल, फलफूल तथा तरकारी, पशुपंन्छी तथा फोजन गरिएका मासुहरू) मा भन्सार महसुल बढाएर आयातमा निरुत्साहित गर्ने तयारी गरेको छ ।

अहिले प्रति १० ग्राम चाँदी खरिद गर्नका लागि १०७ रुपैयाँ अर्थात तोलामा १२५ रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने हुन्छ । हाल प्रति १० ग्राम सुनको ८ हजार ५ सय तथा तोलाको ९ हजार ९१५ रुपैयाँ भन्सार महसुल लाग्दै आएको छ । सुनचाँदीको भनसार महसुल बढाउने तयारी बजेटले गर्न लागेको हो ।

त्यसरी नै एण्टी डम्पिङ गर्न सघाउने वस्तुहरू जस्तै जुत्ता, चप्पल, लताकपडा आदिको पनि कच्चा पदार्थको भन्सार महसुल घटाएर फाइन प्रडक्टको महसुल बढाउने भएको छ । सिमेन्ट, क्लिङकर, फलामे डण्डी, जस्तापाता, बिलेटजस्ता स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको पनि भन्सार र अन्तःशुल्क बढाउने तयारी सरकारले गरेको हो । किनकी यस्ता वस्तुको कर बढ्दा आयातमा कम चाप पर्छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स