श्रीलंका पछि अब बंगलादेशको पालो, संकटको कालो बादल मडारिएको संकेत, ५ महिनालाई मात्र पुग्ने खजना

बंगलादेश सरकारले विदेशी मुद्रामा संचित घटे लगतै अधिकारीहरुलाई विदेश भ्रमणमा रोक लगाएको छ ,यसका अलवा आयातमा पनि निकै कडाई गरेको छ ।

श्रीलंका पछि एशियाका अन्य देशहरुमा आर्थिक संकटको छनक देख्न सकिन्छ । विषेश गरी बंगलादेशमा संकटको कालो भूमरी पसको जस्तो देखिन्छ । Bangladesh Foreign Reserve विदेशी मुद्रा भण्डारमा मात्र ४२ बिलियन डलर बाँकी छ । जसले जम्मा ५ महिनाको लागि मात्र आयात धान्न सक्छ । हालत यतिसम्म बिग्री सक्यो की ५ महिनाभन्दा धेरै समयको लागी वस्तु तथा सेवा भित्र्याउनको लागि विदेशी मुद्र्राको संचिति छैन । यो समस्यालाई अलि कम गर्न सरकारले अधिकारीहरुलाई विदेश भ्रमणमा रोक लगाएको हो ।

अत्याधिक विदेशबाट आयात हुने बस्तुहरुमा पनि रोक लगाइएको छ । श्रीलंकाको आर्थिक समस्याको सुरुवात पनि विदेशी मुद्रा भण्डारणमा आएको गिराबाट सुरु भएको थियो । हेर्दाहेर्दै विदेशी मुद्राको भण्डार सकियो, देशको मुद्रा विदेशी मुद्रा सामु निकै नै कमजोर भयो, अयात गर्न नसकिने अवस्था बन्यो ।

पेट्रोल, ग्याँस, जस्ता समाग्रीहरुको मूल्य बढ्ने, अभाव बढ्नु जस्ता समस्या देखा परे । दिन प्रतिदिन समाग्रीहरुको मुल्य बढ्नु जस्को कारणले जनतामा सरकार प्रति नैराष्य र आक्रोश बढ्दै गयो । आक्रोशित भिड सडकमा प्रधानमन्त्रीको राजीनामा माग गर्न निस्क्यो ।

श्रीलंकाको जस्तो अवस्था बंगलादेशमापनि देखिन सक्ने धेरैले आँकलन गरेका छन् । केही विज्ञहरुले रुस र युक्रेनबिचको युद्धले यस्तो अवस्था आएको बताएका छन् ।

अर्थमन्त्रीले भने हामीलाई कठिन फैसला लिनु पर्यो

बंगलादेशको विदेशी मुद्राको खबर यो समयमा सुनियो जब बंगलादेश सरकारले विलासिताको र अनावश्यक सामाग्राीमा रोक लगाएको थियो । वाशिंग मेसिन, खेलकुद सामाग्री, एअर कन्डिसन, रेफ्रिजेरेटरको आयातमा पनि रोक लगाएको छ ।

बंगलादेशका अर्थमन्त्री एएचएम मुस्ताफा कमालले भने यी सामाग्रीहरुको आयातमा रोक लगाउन निकै कठिन निर्णय लिन परेको थियो । उनले थपे युक्रेन रुस युद्घ कहिले समाप्त हुने हो । विश्वको अवस्था देखेर हामीले यो निर्णय लिन परेको हो ।
भनिन्छ की बंगलादेशको आर्थिक अवस्था जनवरीदेखि खस्कदै गइरहेको थियो । बिदेशमा रहेका बंगलादेशी नागरीकले पैसा पठाउँने क्रम पनि घट्दै गइरहेको थियो । यो क्रम महिना बित्दै जाँदा हालत पनि बिग्रिदै गयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स