बजेट आउन १२ दिन बाँकी हुँदा संसदमा हुने भयो छलफल, राष्ट्रपति विद्यादेवी भण्डारीले डाकिन बजेट अधिवेशन

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि हुन नसकेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट छलफल कार्यक्रम भोलि मंगलबारबाट संसदमा सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेकी छिन् ।

सोही कार्य तालिकाअनुसार भोलिबाट संसदमा बजेट छलफल हुन लागेको हो । अर्थ मन्त्रालयले बैशाख २० गते नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएको थियो। तर, संसद अधिवेशन आह्वान नहुँदा अहिलेसम्म सदनमा प्रस्तुत हुन सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेट आउन १३ दिनमात्रै बाँकी हुँदा राष्ट्रपपति भण्डारीले अधिवेशन डाकेकी हुन् । निर्वाचनकै कारण ढिलो गरी बजेट अधिवेशन आह्वान गरिएको हो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएका कारण बजेट प्रक्रिया छिटो अघि बढ्ने देखिन्छ । चालु आवमा पनि संसदीय प्रक्रियाबाट बजेटमा छलफल हुन पाएको थिएन र यस वर्ष पनि संसदमा घनिभूत छलफल नै नभइ बजेट आउने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स