अर्थतन्त्र प्रति गभर्नर अधिकारीको बक्रदृष्टि

काठमाडौं । युद्ध मैदानमा विपक्षीलाई धावा बोले झै विभिन्न फोरमहरूमा अर्थतन्त्र श्रीलंकाको बाटोमा जाँदै छ भन्दै समग्र अर्थतन्त्रलाई नै त्यहि बाटोमा डोर्‍याउन उद्धत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका हरेक दैनिक क्रियाकलापले अर्थतन्त्रको रक्षकको रुपमा देखिनुपर्नेमा हरेक क्रियाकलापको प्रतिक्रियाले उनी रक्षक होइन भक्षकको रुपमा चिनिन थालेका छन् ।

त्यसको ज्वलन्त उदाहरण स्वरुप हिजोमात्रै एउटा कार्यक्रममा बैंकहरूले नचाहँदा नचाहँदै पनि अब ब्याज दर बढाउँदै छु तपाईहरू सामना गर्न तयार रहनुस् भन्ने भाषाशैलीले नै उनी नेपालको अर्थतन्त्रको रक्षक हुन कि भक्षक भन्ने पुष्टि गर्दछ ।

सहज अर्थतन्त्रलाई बैंक मौज्दातलाई सीसीडीबाट सीडी रेसियो बनाएर खर्बौ रकम बैंक मै फ्रिज गर्न सफल गभर्नर आफ्नो राजनीतिक उद्देश्यबाट प्रेणित भए झै विगत पूर्व अर्थमन्त्री विष्णु पौडेलको पालामा सीसीडी रेसियोलाई ८० प्रतिशतबाट ८५ प्रतिशत बनाएर तरलता सहज गरेको परिस्थिति हुँदा हुँदै सरकार परिवर्तनसँगै अर्थमन्त्री जनार्दन शर्मा आउने वित्तीकै सीसीडीलाई सीडी रेसियोमा परिवर्तन गरेर करिब ६– ७ खर्बजति लगानी योग्य पुँजी उनकै नीतिको कारणले बैंकमै फ्रिज भएको देखिन्छ । त्यसैले तत्कालीन मौद्रिक नीतिदेखि नै गभर्नर महाप्रसाद अधिकारी आर्थिक संकटको सिर्जना गर्न सफल भएका छन् ।

मौद्रिक नीतिभन्दा दुई दिन अगाडि प्रशस्त भएको तरलता मौद्रिक नीति कै दिनदेखि तरलता अभाव गराउनु उहाँको सबै भन्दा ठूलो राजनीतिक सफलता हो । राष्ट्र बैंक आफैमा स्वयत्त संस्था भएपनि सरकारको नीति तथा कार्यक्रमको सहयोगी परिपूरकको रुपमा आफ्ना कार्यक्रम र कार्यान्वयनहरू सञ्चालन गर्नुपर्ने हो । तर, त्यसो नगरी नीतिगत रुपमा सरकारलाई अप्ठ्यारो पर्छ त्यहि उद्देश्यबाट प्रेणित भई राष्ट्र बैंकका गतिविधि सञ्चालन हुनु देश र राष्ट्रकै लागि घातक हो ।

राष्ट्र सेवक कर्मचारीको उद्देश्य भनेको त के गर्दा राष्ट्रको उत्थान हुन्छ तमाम जनता र उद्योगी व्यवसायीहरू सहज कारोवार र सरल जीवनयापनमा सहजीकरण आउँछ त्यसप्रति जवाफदेही हुनुपर्ने हो । तर, राजनीतिक दृष्टिकोणबाट अभिप्रेणित भई सरकारलाई अप्ठ्यारो परिस्थिति सिर्जना गर्न तिर उनका हरेक क्रियाकलापले सहयोग पुर्याएको देखिन्छ । जुन दुई अर्थमन्त्री परिवर्तन मै राष्ट्र बैंकले अवलम्बन गरेको नीति तथा कार्यक्रमले पनि पुष्टि गर्दछ । यो सहत मै छछल्किएर अर्थमन्त्री र गभर्नरबीचको विगत र वर्तमानका दैनिक हर्कतहरूले पनि प्रष्ट पार्दछ ।

अर्थतन्त्रलाई सहज बनाइ उद्योगधन्दा कलकारखाानबाट उत्पादित वस्तुको लागत घटाइ अन्तर्राष्ट्रिय बजारमा सस्तो मूल्यमा प्रतिस्पर्धात्मक निर्यात गरी सवल अर्थतन्त्र बनाउनमा सहयोग पुर्याउनु पर्नेमा सीसीडीबाट सीडी बनाइ खबौ रकम बैंकमै फ्रिज गराएर अर्थतन्त्रमा कृतिम अभाव बनाएर उद्योगधन्दा कलकारखानाको लागत मूल्य बढाएर देशलाई टाट पल्टाउने नीतितर्फ उन्मुख भएको परिस्थिति देखिन्छ ।

जसले औद्योगिक उत्पादनका लागि सस्तो ब्याजदरमा लिएको कर्जालाई महिनैपिच्छे जर्वरजस्ती कर्जाको ब्याज बढाउन लगाएर धान्ने नसक्ने अवस्था सिर्जना गर्न स्वयम गभर्नरबाटै भएको देखिन्छ । जसले गर्दा उद्योग व्यवसाय र निर्यात व्यवसाय असफल बन्दै गहिरहेको छ । यसलाई सहजीकरण गर्नु राज्य र नीति निर्माण तहको दायित्व हो । तर, रक्षक नै भक्षक भएपछि यस्तो अपेक्षा गर्नुपनि मूर्खता शिवाय केही हुन्न ।

५१ लाख बढी लगानीकर्ताको चासो र अर्थतन्त्र निर्माणको रुपमा चिनिएको सेयर बजार दिनानुदिन गभर्नरको दैनिक हर्कतले निरन्तर ओरालो लागिरहेको छ । कहिले ४/१२ को नीति त कहिले ३ महिनापछि लागू गरिने भनेर वेटेज एभ्रेजको हंगमा मच्काएर सेयर बजारलाई निरन्तर उधो गतिमा ल्याउन उद्धत गभर्नर पछिल्लो समय बैंकको चाहना, आवश्यकता र औचित्य बीना बैंक ब्याजदर बढाउनु पर्छ भनेर दवाव दिएर सेयर बजार लगायत अन्य अर्थतन्त्रलाई निरन्तर दवाव सिर्जना गरी उधो गतिमा लान स्वयम् नेपाल राष्ट्र बैंकका गभर्नर नै लागिपरेको पुष्टि हुन्छ ।

त्यसो त विगतको वर्षको आर्थिक वृद्धिदर भन्दा यो वर्षको आर्थिक वृद्धिदर उच्च देखिन्छ । अर्थतन्त्र यदि गभर्नर अधिकारीले भनेको जस्तै ओरोलो लागेको भए गत सातामात्रै केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखामानमा पनि त्यो झलक देखिनुपर्ने हो । तर, विभागको तथ्यांकले त्यस्तो देखाएन । अन्तर्राष्ट्रिय विकास साझेदारहरूले भने जस्तै नेपालको अर्थतन्त्र नबिग्रिएको र विगतको वर्षहरूमा भन्दा अझ सुधारोन्मुख भएको देखाएको छ ।

विभागले यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत वर्ष यस्यो वृद्धि ४.३ प्रतिशतमात्रै थियो । पुँजी निर्माण गत आवको भन्दा करिब ३ खर्ब बढेको देखिन्छ । गत आवमा १५ खर्ब ३० अर्ब भएको पुँजी निर्माण यो वर्ष अर्ब ७ अर्ब पुग्ने देखिएको छ ।

यो भनेको बिग्रिएको वा खस्किएको अर्थतन्त्र होइन । सुधारको बाटोमा छ भन्ने हो । त्यसो कारोना महामारीले नेपालको अर्थतन्त्रलाई कम असर पारेको थिएन । तर पनि मौसमी अर्थतन्त्र भएकोले नेपालले अझ राम्रो गर्दैछ भन्ने हो । कृषिको कुल गार्हस्थ उत्पादन घटेपनि सेवा क्षेत्रको बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स