उद्यमी व्यवसायी मिटरब्याजको चर्को मारमा परे : सन्दिप अग्रवाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ, कर तथा राजस्व समिति सभापति सन्दिप अग्रवालले युवा उद्यमी तथा व्यवसायीहरू मिटरब्याजको चर्को मारमा परेको बताएका छन् । महासंघले आज सोमबार आयोजना गरेको २०७९/८० को पूर्व बजेट छलफल कार्यक्रममा सभापति अग्रवालले उद्योगी तथा व्यवसायीहरूसँग चर्काे व्याज असुल्ने संगठित गिरोह (मिटरब्याजी) को विरुद्धमा पहिलो पटक मुख खोलेका हुन् ।

युवाहरूले उद्यम व्यवसाय गर्न कर्जा नपाएको उल्लेख गर्दै गर्न चाहनेले पनि चर्को ब्याजमा मिटरब्याजीसँग ऋण लिनुपर्ने अवस्थाको अन्त्य नभएको गुनासो गरेका हुन् । ‘अहिले पनि युवाहरू मिटरब्याजीसँग ऋण लिएर उद्यम व्यवसाय गर्न बाध्य भएको कार्यपत्र प्रस्तुत गर्ने क्रममा उनले भने ।

‘यसको अन्त्य गर्न सरकारले बजेट मार्फत सहुलियत कर्जाको व्यवस्था गर्नु पर्नेपर्छ,’ उनले भने ‘‘युवा उद्यमीहरू मिटरव्याजबाट प्रताडित भएका छन्, यसले धेरै समस्या सिर्जना गरेको छ ।’

भन्सार दर पनि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने खालको हुनु पर्ने उनको भनाइ थियो । बजेट मार्फत् भारत निर्यातमा नगद सहुलियत हुनुपर्ने, ऊर्जा तथा पूर्वाधारमा विदेशी लगानी भित्र्याउनका लागि सहज नीति हुनु पर्ने उनले बताए ।

यो समस्या समाधानका लागि सहुलियत कर्जाको व्यवस्था सरकारले गर्नुपर्ने बताए । ‘उद्यम व्यवसाय गर्ने प्रयोजनको लागि जग्गा खरिद र भाडामा लिन जग्गामा पनि सहुलियत कर्जा हुनुपर्छ,’ सभापति अग्रवालले भने ‘आगामी आर्थिक वर्षको बजेट मार्फत् आयकर छुट तथा पुनरकर्जाको व्यवस्था गर्नु पर्ने धारणाा राखे ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स