‘धेरै हल्ला चलाइयो भने राम्रो बैंक पनि डुब्छ’

काठमाडौं । नकारात्मक हल्ला धेरै फिजाइयो भने राम्रो बैंक पनि डुब्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष अनुज अग्रवालले बताएका छन् । देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे नेपाल उद्योग परिसंघको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्रवालले सो बताएका हुन् ।

‘कुनै बैंक राम्रोसँग चलिरहेको छ । बैंकमा पैसा छैन भनेर हल्ला चलाइयो,’ अग्रवालले भने, ‘नडुब्ने बैंक पनि डुबिहाल्छ ।’

यस्तो अवस्था आउन नदिनका लागि सीएनआईले सरकारले सुझाव दिएको उनले बताए ।

छिमेकी मुलुक श्रीलंका हाल आर्थिक संकटको सामना गरिरहेको छ । नेपाल पनि श्रीलंकाको अवस्थामा जान लागेको भनेर टिकाटिप्पणी हुने गरेका छन् । यसलाई सघाउन पुग्ने गरी राष्ट्र बैंकले पनि विभिन्न समयमा नीतिगत तथा मौखिक निर्देशन दिएर आयातमा कडाई गरिरहेको छ ।

नेपालमा शोधान्तर घाटा चुलिँदै जानु र विदेशी विनियम सञ्चिती घट्दै जाँदा राष्ट्र बैंकले विभिन्न समयमा आयातमा कडाई गर्दै आइरहेको छ । पछिल्लो ४ महिनामा आयातलाई निरुत्साहित गर्न राष्ट्र बैंकले विभिन्न कदम अघि सारेको छ ।

जसका कारण व्यवसायीहरुले विगमा जस्तो सहज रुपमा आयात गर्न सकिरहेका छैनन् । भने गत चैत २१ गते बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतहरुलाई एलसी नखोल्न मौखिक निर्देशन दिइएको छ । जसले गर्दा विलासी र महँगा बस्तुको आयात गर्न व्यवसायीहरुलाई कठिन भइरहेको छ ।

यस्ता हस्तक्षेपको प्रभाव देखिन ३ देखि ६ महिना लाग्ने अग्रवालले बताए । छोटो समयमा बारम्बार हस्तक्षेप गर्दा नभएको समस्या पनि स्थानीय, स्वदेशी र अन्तर्राष्ट्रिय जगतलाई देखाइने काम भएको उनले बताए । यस्ता खालको नीति केही समयको अन्तरालमा कार्यान्वयन गर्नु पर्ने उनको धारणा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स