राजस्वका दुवै महानिर्देशकको सरुवा, पौडेल आन्तरिक राजस्व र सापकोटा भन्सार विभागमा

काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक हेरफेर गरेको छ । अर्थमन्त्री जनारदन शर्माले भदौ २ गते मन्त्रिस्तरिय निर्णय गरेर दुवै विभागका महानिर्देशलाई मन्त्रालय तानेका हुन् ।

अर्थमन्त्रालयको स्रोतका अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा शोभाकान्त पौडेल र भन्सार विभागको महानिर्देशकका रुपमा नारायण सापकोटालाई जिम्मेवारी दिएको हो ।

यस अघि पौडले ठूला करदाता कार्यालय प्रमुख थिए भने सापकोटा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख थिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक यमलाल भुषाल र आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आर्चायलाई अर्थमन्त्रालय तानिएको छ ।

उनीहरुलाई गत फागुनको दोस्रो साता केपी ओली सरकारले दुई राजस्व विभागको महानिर्देशकमा नियुक्त गरेको थियो ।
अर्थमन्त्री शर्माले भुषाल र आचार्यलाई मन्त्रालय तानेर कुनै जिम्मेवारी तोकेका छैनन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स