५ वर्षमा १२.७ प्रतिशतले घट्यो गरिबी, अझै ५० लाख मानिस गरिबीको रेखामुनी

काठमाडौं । ५ वर्षको अन्तरालमा नेपालमा १२.७ प्रतिशतले गरिबी घटेको छ । नेपालमा करिब ५० लाख मानिस गरिबीको रेखामुनी रहेका छन् । राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको मल्टीडाइमेन्सनल पोभर्टी इन्डेक्स (बहुआयामिक गरिबी सुचकांक) ले नेपालमा अझै ४९ लाख ८० हजार अर्थात १७.४ प्रतिशत जनता अझै गरिबीको रेखामुनी रहेका छन् ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिशतका आधारमा कर्णाली प्रदेशमा सबैभन्दा धेरै गरिबी रहेका छन् भने संख्याको आधारमा सबैभन्दा धेरै गरिबी प्रदेश नम्बर २ मा रहेका छन् ।

सबैभन्दा बढी गरिबी कर्णाली प्रदेशमा रहेका छन् । उक्त प्रदेशमा ३९.५ प्रतिशत जनता गरिब रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश २ मा १२ लाख ९६ हजार जनता गरिब रहेका छन् । गण्डकीमा सबैभन्दा कम २ लाख २७ हजार जना गरिब छन् । प्रतिशतका आधारमा सुदूरपश्चिम प्रदेश र प्रदेश दुई दोस्रो स्थानमा रहेका छन् ।

पाँच वर्षमा नेपालको गरिबी दर १२.७ प्रतिशतले ओर्लिएको छ । यसअघि सार्वजनिक सन् २०१४ को तथ्यांकअनुसार ३०.१ प्रतिशत नेपाली नागरिक गरिबीको रेखामुनी थिए । सन् २०१९ सम्ममा १७.४ प्रतिशतमा झरेको हो ।

यो सूचकांक विश्व बहुआयामिक गरिबी सूचकांक निकाल्ने विधिबाट निकालिएको हो । बहुआयामिक गरिबी सूचकांश निकाल्नका लागि शिक्षा, स्वास्थ्य र जीवनस्तरसँग सम्बन्धित १० वटा सूचकांकहरूको भारितमानका आधारमा तयार पारिएको आयोगले जानकारी दिएको छ । यो प्रतिवेदन सन् २०१९ को तथ्यांकका आधारमा तयार पारिएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स