योजना आयोग, अर्थमन्त्रालय र राष्ट्र बैंक आफ्नै तालमा हुँदा अर्थतन्त्र नाजुक अवस्थामा

काठमाडौं । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैक आ-आफ्नै तालमा रहँदा समस्या भएको अर्थविद विश्वम्भर प्याकुरेलले बताएका छन् ।

नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्तरूपमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ विषयक कार्यक्रममा प्याकुरेलले सो बताएका हुन् ।

यी तीन निकायको समन्वयनका अभावका कारण अर्थतन्त्र धरासायी बनेको उनको टिप्पणी छ । यसका लागि योजना आयोज, अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वयन हुनु पर्नेमा उनले जोड दिए ।

अर्थविद् प्याकुरेलले क्रिप्टोकरेन्सीलाई गैरकानुनी भन्ने नीतिमा पुनर्विचार गर्नुपर्ने बताए । क्रिप्टोकरेन्सीबाट कति पुँजी पलायन भईरहेको छ ? त्यो राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई पनि थाहा छैन । हामीलाई थाहा हुने कुरै भएन । अन्य मुलुकहरुले क्रिप्टोकरेन्सीमा भएको लगानीको विवरण तयार पारिसकेका छन् । हामीले पनि यस विषयमा पुनर्विचार गरेर होमवर्क सुरू गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स