नागरिकतासँगै प्यान कार्ड वितरण गरिए करको दायरा बढ्छः चेम्वर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालीलाई नागरिकतासँगै प्यान कार्ड वितरण गरिनु पर्ने बताएका छन् । संसदको अर्थसमितिमा आज (शुक्रबार) आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँगको छलफलमा अध्यक्ष मल्लले नागरिकता प्रदान गर्ने समयमा प्यान  कार्ड पनि वितरण गर्नु पर्ने बताएका हुन् ।

सरकारले २ हजार रुपैयाँसम्मको कारोबारका लागि प्यान कार्ड अनिवार्य गरेसँगै करदायरा बढेको छ । अझै करको दायरा बढाउनका लागि नागरिकतासँगै प्यान कार्ड पनि विवरण गर्ने व्यवस्था मिलाउनु पर्ने मल्लको भनाइ छ । यस्तो गर्न सकिए सबै नेपालीको हातमा प्यान कार्ड हुने र करको दायरा पनि बढ्ने उनको दावी छ ।

यस्तै सीमा नाका नजिक साइकल, बोकेर व्यवसाय सञ्चालन भइरहेको छ । यसलाई नियन्त्रणका लागि प्यान कार्ड वितरण व्यापक बनाउनु पर्छ ।

नेपालमा भ्याट र प्यानबाट कारोबार गर्ने करिब १३ लाख ५० हजार करदाता रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स